२०८१ बैशाख २३ , आइतवार

सूचना प्रविधि कार्यशाला (एनपीनोग नाइन) सफलता पुर्वक सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
चितवनको सौराहामा सूचना प्रविधि कार्यशाला (एनपीनोग नाइन) सफलतापुर्वक सम्पन्न भएको छ । उक्त कार्यशाला माघ १४ देखि १८ गते सम्म भएको थियो । इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्त रुपमा सञ्चालन गरेको पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिनुभएको थियो ।

कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन गरिएको थियो । कार्यशालामा ७ जना महिला र ३१ जना पुरुषले विभिन्न संघ संस्था बाट सहभागिता जनाउनु भएको थियो ।

उक्त कार्यशालामाNepal Telecom, Disk Media Network,Cloud Himalaya Limited, Chaudhari Techno Traders, Astavision Infosys, Alisha Communication Link Pvt Ltd, PDS Server Network Pvt Ltd, Subisu Cable Net, Techminds Network PVT LTD, The British College, Web Network PVT LTD, Websurfer communication, Worldlink Communication, Vianet, Swargadwari communication, र Made infotech Pvt Ltd, बाट सहभागिता जनाउनुभएको थियो ।

इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न यो कार्यशाला फलदायी हुने बिश्वास लिइएको छ । कार्यशालामा ३९ जना जना सहभागी हुनु भएको थियो । यसअन्तर्गत एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट ६ छनोट भै तालिम मा सहभागी जनाउनुभएको थियो ।

पाँच दिन सम्म संचालन भएको कार्यशाला मा APNIC, NTA, ISPAN, NREN, Worldlink Communication , Subisu, PCH, Workalaya, Kalash Service, Websurfer, OMNetwork, Techminds, Dishhome, Vianet लगायतले आवस्यक सहयोग गर्नुभएको थियो ।

कार्यशालाको शुरुवात NPIX का कार्यकारी निर्देशक रुपेश भक्त श्रेष्ठ ले गर्नुभएको थियो भने समापन समाहरोहमा Chief Guest को रुपमाTechMinds Network Pvt Ltd कार्यकरी निर्देशक कमल राज बास्तोला ले सहभागिता जनाउनु भएको थियो । NPNOG का अध्यक्ष समित जनाले उक्त कार्यक्रमको समापन गर्नुभएको थियो ।