२०८१ जेठ २ , बुधवार

लगातार बढीरहेको सुन्को भाउ आइतबार भने घट्यो

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

आज आइतबार नेपाली बजारमा सुन–चाँदीको मुल्य घटेको छ। लगातार पाँच दिन बढेको सुनको भाउ आज भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।