२०८१ बैशाख २० , बिहिवार

“कता हो” शुरुवात

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
‘कता हो’ प्रणाली पाँच मिनेटमै आफ्नो घरको ठेगाना प्लेट तयार गर्न सकिने अत्याधुनिक डिजिटल ठेगाना प्रणालीको सफ्टवेयर तथा एप्लिकेसन हो । अझ यसो भनौं– यो सजिलै सम्झिन र अरुलाई भन्न सकिने नेपाली शब्द र अंक मिलाएर बनाएको वैज्ञानिक ठेगाना प्रणाली हो । देशको जुनसुकै ठाउँको पनि डिजिटल ठेगाना तयार गर्न सकिने ‘कता हो’ ग्रिडमा आधारित ठेगाना प्रणाली हो ।यो नक्शा होइन बरु नक्शाको पूर्वाधार हो ।

यो प्रणालीका फाइदाः
– ठेगाना, बाटोको नाम जस्ता काममा खर्च हुने सरकारको ठूलो धनराशि बचत हुने
– बोलेर स्थान शेयर गर्न सकिने
– आपतकालीन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने
– घरको साथै देशको जुनसुकै ठाउँको डिजिटल ठेगाना तयार गर्न सकिने
– ठेगाना पाटीमा रहेको क्युआर कोडमार्फत घन्टी (Door Bell) बजाउन सकिने
– ठेगाना पाटीमा अंग्रेजी अक्षर समेत प्रयोग भएकाले पथप्रदर्शक र पर्यटकले पनि प्रयोग गर्न सक्ने
– स्थानीय तहले सजिलो र छिटोछरितो रूपमा आफ्नो क्षेत्रभित्रका घर तथा संरचनाको नक्सांकन गर्न सकिने
– सार्वजनिक सम्पत्ति, सम्पदा जस्ता संरक्षण क्षेत्रहरु छुट्ट्याई अभिलेखन गर्न सकिने
– पालिका तथा अन्य सरकारी निकायको लागि छुट्टै अफलाइन सफ्टवेयरको व्यवस्था
– जुनसुकै डिजिटल नक्सामा पनि प्रयोग गर्न सकिने
– सरकारी तथा सबै प्रकारका KYC फारममा उल्लेख गर्न सकिने ठेगाना कोड
– सर्वसाधारण र सबै तहका सरकारलाई एप र वेब सेवा निःशुल्क प्रदान गरिने भएकाले लाभान्वित हुन सक्ने

यसको यहि माध २५ गते क्यान इन्फोटेकबाट शुरुवात गर्ने कम्पनीले जनाए ।