२०८१ जेठ ५ , शनिवार

नवलपरासीमा एक सुनचाँदी व्यवसायी माथि गोलि प्रहार

gun

सुनाखरी न्युज/ बर्दघाट (नवलपरासी) ।
पश्चिम नवलपरासीको एक सुनचाँदी व्यवसायी माथि गोलि प्रहार भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वार्ड न ४ बस्ने अन्दाजी बर्ष ६५ को सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मालाई सुस्ता गाउँपालिका वार्ड न १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा बर्दघाट नगरपालिका वार्ड न १६ स्थित केराबारी गाउको नजिक चोरघोला भन्ने स्थानमा अज्ञात ब्यक्तिको गोलि प्रहार गरेका हुन् ।
गोली लागेर घाइते भएका बिश्वकर्मालाई उपचारको लागि चिसापानी अस्पतालमा पठाएमा थप उपचारको लागि चिसापानी अस्पतालले रुपन्देही स्थित बुटवलको तिनाउ अस्पतालमा रेफर गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभएको छ ।
घाइते बिश्वकर्माको पाखुरामा गोलि लागेको र घाइते खतरा मुक्त रहेकोे र गोलि प्रहार गर्ने ब्यक्तिको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनु भयो ।
ब्यवसायी माथि यसरी गाली प्रहार भएको घटना प्रति नेपाल सुनचाँदी ब्यवसायी महासंघले गंभिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघको लुम्विनी प्रदेश सभापति बुद्धि दियालीले उक्त घटनामा संलग्नको तत्काल खोजी गरी कडा कारवाही गर्न र ब्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नुभएको छ ।