२०८१ बैशाख २३ , आइतवार

आजको मौसम : यी स्थानमा हल्का बर्षा र हिमपातको संभावना

weither

सुनाखरी न्युज/ काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिकरुपमा बदली भएको जनाएको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

साँझ सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना हरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।