२०८३ जेठ १२ , मंगलबार

पाठशालाले सरस्वती पुजाको लागि निशुल्क स्कूल म्यानेजमेन्ट सफ्टवेयर प्रदान गदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बिगत ११ वर्ष देखि निरन्तर रुपमा आफ्नो सेवा दिदै आएको संस्था , पाठशालाले सरस्वती पूजा अफर भनेर आफ्नो ग्राहकको सहजताको लागि एउटा नयाँ क्याम्पेन ल्याएको छ । शिक्षा क्षेत्रमा आफ्नो छाप छोड्न लागि परेको यो संस्थाले, आफ्नो ग्राहकहरुको सुविधाका लागि विभिन्न सेवाहरु ल्याउने गर्छ । यहि शिलशिलालाई कायम राख्दै यस संस्थाले सम्पूर्ण विधालय र क्याम्पसलाई ध्यानमा राखेर, माघ १५ देखि फागुन ०३ गते सम्म, यो अफर ल्याएको जनाए ।

यस अफरको मार्फत, ग्राहकहरुले न्यून रकममा अधिक्तम सुविधाहरु पाउन सक्नुहुन्छ । यसमा ग्राहकहरुले बेसिक प्याकेज निशुल्क पाउनु हुनेछ, र यदि उहाँहरुले पाठशालाको सिल्भर अथवा गोल्ड प्याकेज लिएको खण्डमा, उहाँहरुलाई ५0% र ६0% छुट हुने बताए । यो मात्र नभएर क्लाउड डाटाबेसको लागि पनि सहजता ल्याएको छ ।

हाल ५०० भन्दा धेरै विधालय र क्याम्पसलाई सेवा दिदै आएको यो संस्थाले , आफ्नो सम्पूर्ण ग्राहकहरुलाई सन्तुष्ट पार्न पछि परेको छैन । यो नेपालको एकमात्र आइ.एस.ओ २७००१:२०२२ बाट प्रमाणित भएको स्कूल म्यानेजमेन्ट सफ्टवेयर हो भने, आजको दिनमा यो कम्पनी डाटा र डाटा सुरक्षालाई निकै नै महत्त्व दिएर काम गर्दै आएको छ ।