२०८३ जेठ १२ , मंगलबार

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूबाट नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८० माघ १८ गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीज्यूले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा रहेका निगमका टिकट विक्री कक्ष तथा प्रशासनिक कार्यकक्षहरूको स्थलगन अनुगमन गर्नुभयो ।

सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराउनु भयो ।

उक्त अवसरमा माननीय मन्त्रीज्यूले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।