२०८३ जेठ १२ , मंगलबार

नेपाल एसबि आई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन लिमिटेडबीच व्यवसायिक सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमति पत्रमा आज हस्ताक्षर भएको छ । सहमति पत्रमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुखकार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सहमति पत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै आउनु भएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहक महानुभावहरु र आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने नयाँ ग्राहक महानुभावहरुलाई कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको केबुलबार चढ्दा १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुखकार्यकारी अधिकृतले यो सहकार्यमा जोडिन पाउँदा खुसीव्यक्त गर्नुभयो भने कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा रख्नुभएको जनाए । समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।