२०८१ बैशाख १७ , सोमवार

यू १९ विश्वकपः नेपालले आज भारतसँग भिड्दै

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।

नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

 

 

नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन ।