२०८१ बैशाख १७ , सोमवार

आज पनि सुनको भाउ बढ्ने क्रममा निरन्तरता

gold1

सुनाखरी न्युज / काठमाडौं ।
नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ। सुनको मूल्य लगातार चौथो दिन पनि बढेको हो।गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ।

अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।