२०८१ बैशाख २१ , शुक्रवार

देव श्री गोत्र कुल मन्दिर पुनः निर्माण अन्तिम चरणमा

Capture

सुनाखरी न्युज / पोखरा ।
रानाभाट जातीको देव श्री गोत्र कुुल मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला चिप्लेटीमा उक्त कुल मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ । हरेक ५/५ वर्षमा नियमित हुदै आएको कुल पुजा यस ७ वर्षमा हुँदै छ । २ वर्ष पहिला हुनुपर्ने पुजा कोरोनाको कारण हुन सकेको थिएन ।

तर कोरोनाको कारण पुजा हुन नसके पनि देव श्री गोत्रीय दाजुभाईले मन्दिरको पुनःनिर्माणको कार्य तिव्र रुपमा भइरहेको सचिव परशुराम राना भाटले वताए । मन्दिर वरपर रेलिङ, २ तले भवन, नजिकै सुन्दर पोखरी, वर पिपलको चौतारी भएको रमणिय स्थानमा मन्दिर रहेको छ ।कुल पुजा फागुन २४ गते हुने भएको छ भने शिलालेखमा नाम लेखाउने अन्तिम सुचना प्रकाशित गरि समिति अगाडि वढिरहेको अध्यक्ष डिल बहादुर रानाभाटले वताए ।

उक्त मन्दिरमा रुपन्देहीको अमुवा, चितवनको माडी, नवलपुरको प्रगतिनगर, कास्कीको कृस्ती लगाएतका स्थानबाट सयौको संख्यामा पुजाको दिन आउने कार्यक्रम रहेकोले सबै व्यवस्थापनको काम भइरहेको समितिका सदस्य तारा बहादुर राना भाटले वताए ।