२०८१ जेठ ३ , बिहिवार

फेरि २१ सयमुनि झर्‍यो सेयर बजार, के हो बजार घट्नको कारण ?

Share

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ । बुधबार नेप्से २१.६७ अंक घटेर २०९७ अंकमा कायम भएको छ । कुल ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भयो । हिजो ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

२९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । उत्पादन समूह ०.१४ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो ।

 

अंकका आधारमा बैंकिङ ६, विकास बैंक ७९, फाइनान्स ३४, होटल तथा पर्यटन ११४, हाइड्रोपावर ३८, जीवन बीमा १४७, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ११६, अन्य ११ र ब्यापार समूह ४९ घटे ।