२०८१ जेठ ६ , आइतवार

अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्ति पक्राउ

arrested

सुनाखरी न्युज / काठमाडौं ।
अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका-१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा पाँचथर फिदिम नगरपालिका-१ अस्पताल चोकबाट पक्राउ गरेको हो ।साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको, पिडकहरूले साहले संचालन गरेको UDGAM VENTURE CAPITAL,

PROFIST GROUP & DAMBAR SHAH को व्यक्तिगत खातामा विभिन्न layer मा रकम पठाउने गरेको तथा उक्त रकमहरू पिडकले खोजेको बखतमा ( Cash, Crypto, Bank transfer, intreset) समेत उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।साह विरूद्ध ३४ जनाको उजुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।