२०८१ बैशाख २१ , शुक्रवार

दोस्रो एओजी नाइट राइड सम्पन्न

Capture

सुनाखरी न्युज / काठमाडौं ।

नेपालकालागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुम खि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड धुमधामका साथ सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ, मृगेन बनर्जी र डीजीएम, विक्रम पौडेल ज्यूद्वारा गरिएको थियो ।

२५ जना राइडरहरुको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न भएको यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपक कुमार दासको पनि सहभागिता रहेको थियो ।ओभरनाइट राइडको बारे बोल्दै डा. दिपककुमार ज्यूले भन्नुभयो, “यस अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ । म आफै अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु । आगामी दिनहरुमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु ।“

कार्यक्रमको दोस्रो दिन हेड मार्शल द्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो जसमा रेमन दास श्रेष्ठ ज्यूद्वारा (होस्ट/अभिनेता/भिजे) विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको जनाए । रेमन दास श्रेष्ठ आफै पनि यस सवारीको एक हिस्सा रहनु भएको थियो। राइडका क्रममा उहाँले बाइकको प्रदर्शन र यसको लुक मन परेको बताउनु भयो ।

जगदम्बा मोटर्सबारे:
जगदम्बा मोटर्स प्रा. लि.नेपालमा टिभिएस मोटर कम्पनीको सेप्टेम्बर २०१५ देखि एकमात्र आधिकारिक वितरक हो। कम्पनी शंकर समूहद्वारा संचालित छ।

शंकर समूह सन् १९७९ मा स्थापना भएको हो, जसको पछिका वर्षहरूमा व्यवसायीक पक्षमा प्रारम्भिक प्रवेश बढ्दै गएको थियो। यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनता मार्झ लोकप्रिय छन् ।

यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ। जगदम्बा मोटर्सप्रा. लिमिटेडको १४० भन्दा बढी घक् डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको छ।