२०८१ बैशाख १७ , सोमवार

सुनको भाउ बढ्दा चाँदी स्थिर

Capture

सुनाखरी न्युज / काठमाडौं ।
नेपाली आज बजारमा बुधबार पनि सुन–चाँदीको भाउ बढेको छ।मंगलबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन अर्थत  मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।