२०८१ बैशाख १७ , सोमवार

साउदीलाई हराएर दक्षिण कोरिया अन्तिम आठमा

सुनाखरी न्युज/ काठमाडौं ।
एएफसी एसियन कपमा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेर मंगलबार भएको खेलमा  कोरिया अन्तिम आठमा पुगेको हो।

त्यसअघि निर्धारित र एक्स्ट्रा समयको खेल १-१ गोलको बराबरीमा सकियो।

४६ मिनेटमा अब्दुल्लाह रादिफले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए। तर कोरियाका चो गुइ सङले दोस्रो हाफको इन्जुरी समयको नवौं मिनेटमा बराबरी गोल फर्काउन सफल भए।

पेनाल्टी सुटआउटमा साउदीका लागि तेस्रो पेनाल्टी हानेका समी अल र चौथो पेनाल्टी हानेका घरिब असफल भएका थिए।