२०८१ जेठ ४ , शुक्रवार

बोल्टका उत्पादनहरु नेपाल आउँदै

Capture

सुनाखरी न्युज / काठमाडौं ।
भारतीय अडियो कम्पनी बोल्टको इयर–बड र स्मार्ट–वाचहरु नेपालमा उपलब्ध हुने भएको छन् । यसकालागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

वरुण गुप्ता र तरुण गुप्ताद्वारा २०१७ मा स्थापित बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन–इयर, र इयरफोनहरू लगायत अन्य अडियो र वेरेबल उत्पादनहरु डिजाइन र निर्माण गर्दै आएको छ। हालसम्म २ करोडभन्दा बढी उत्पादनहरु बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोबाइल्सका अनुसार कम्पनीले ग्राहकका विभिन्न माग र आवश्यकता बमोजिमका बोल्ट स्मार्ट वाचTWS (ट्रुवायरलेस स्टेरियो) इयर बडहरू नेपालमा चाँडै उपलब्ध गराउन लागेको हो ।

पछिल्लो समय अडियो एसेसरिजहरुको माग तीब्र गतिमा बिक्री भइरहेको छ। बोल्टले भारतमा आक्रमक व्यावसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति जनाइरहेको छ। नेपाल पनि कम्पनीको प्रमुख बजार हुन सक्ने कम्पनीले विश्वास लिएको छ।