२०८१ जेठ ६ , आइतवार

सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

Capture

सुनाखरी न्युज / काठमाडौं ।
नेपाल अटो मोबाइल्स एसोसिएसन (NASA), , सेफ एण्ड सस्टेनेबल ट्राभल नेपाल (SSTN) र नासा फाउण्डेसनको आयोजनामा विरेन्द्रनगर नगरपालिका, सुर्खेतमा सडक सुरक्षा सम्बन्धि एक दिने कार्यशाला आइतबार माघ १४ गते सम्पन्न गरेको छ ।

उक्त कार्यशालाको पहिलो सत्रमा नासा नेपाल र SSTN ले सम्पन्न गरेको विरेन्द्रनगर नगरपालिका तथा सुर्खेत जिल्लाको अन्य खण्ड अन्तर्गत पर्ने ७५ किमि सडकको रोड सेफ्टी अडिट रिपोर्ट विरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहन माया ढकाललाई हस्तान्तरण गरियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र बुढाथोकीलाई राडर गन, ब्रेथ लाइजर, ज्याकेट तथा अन्य सडक सुरक्षा सामाग्री प्रदान गरियो ।

उक्त कार्यशालामा यातायात इन्जिनियर सञ्जय लुइँटेलले नगरपालिकालाई हस्तान्तरित रोड सेफ्टी अडिट प्रतिवेदन,इन्जिनियर कर्ण सिंह खत्रीले सडक सुरक्षाका समस्या, चुनौति र समाधान, SSTN अध्यक्ष इ. हेमन्त तिवारीले रोड सेफ्टी अडिट, SSTN का कोषाध्यक्ष यातायात इन्जिनियर दिलमान सिंह बस्न्यातले सडक सुरक्षा सचेतना तथा नासा फाउण्डेसनका कार्यकारी सचिव सुवास भट्टराईले नेपालमा भएका सडक सुरक्षा सम्बन्धि गतिविधिको बारेमा प्रस्तुति दिनुभएको थियो भने प्रदेश ट्राफिक कार्यालयका इन्स्पेक्टर भुपेन्द्र शाहीले आफ्नोधारणा राख्नु भएको थियो ।

विरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहन माया ढकाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कर्णाली अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष गणेश शाही, सडक डिभिजन सुर्खेत,मध्य पश्चिामाञ्चल विश्वविद्यायल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाकी प्रमुख मोहन माया ढकालले रोड सेफ्टी अडिट प्रतिवेदनमा प्रस्तुत सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।