
सुनाखरी न्युज / काठमाडौं ।
हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँस्थित सडकमा मधेश प्रदेश ०३-००१ ख ७९०३ नम्बरको टिपरले ना.२६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ
ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका-२ खोलाखेत बस्ने २५ वर्षीय हरी पनेरुको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको
सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।