२०८१ बैशाख १७ , सोमवार

प्रती तोला ३ सय रुपैयाँ बढ्यो सुनको मुल्य

gold1

सुनाखरी न्युज / काठमाडौं ।
आज मंगलबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रती तोला ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४०५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १ हजार ४२० रुपैयाँमा कायम भएको छ ।