२०८३ जेठ १२ , मंगलबार

ललितपुरमा जर्मन नागरिक महिला मृत अवस्थामा फेला परे

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् ।

एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी महिला सोमबार मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए ।

उनी भुइँमा लडेको र नजिकै कुर्सी पल्टिएको अवस्थामा रहेको भन्दै खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेर जाँच सुरु गरेको छ ।मृत्युको कारण खुलिसकेको छैन ।