२०८१ बैशाख १७ , सोमवार

सुनको भाउ बढ्यो

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
दुई दिनदेखि स्थिर रहेको सुनको भाउ आज सोमबार भने बढेकाे छ। सोमबार छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले बढेको छ

आइतबार प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजावी सुन एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ।