२०८१ बैशाख ३१ , सोमवार

नेप्सेमा दोहोरो अंकको बृद्धि, बढी कमाउनेमा हाइड्रोपावरका शेयर धनी

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो दिन आइतबार अन्ततः सेयर बजार दोहोरो अंकमा  बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४ अंकमा पुगेको हो । करिब १ बजेसम्म ओरालो लागेको बजार त्यसपछि बढेको हो । आजको कारोबारमा नेप्से न्यूनतम २०७५ अंकसम्म झरेको थियो ।

कुल ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । १७३ कम्पनीको मूल्य बढ्दा ७० को घट्यो भने ४ को स्थिर रह्यो । धेरै बढ्ने समूहमा हाइड्रोपावर अगाडि रह्यो । सो समूह १.३३ प्रतिशत बढ्यो । विकास बैंक १.२२ र अन्य समूह पनि १.३२ प्रतिशत बढे ।

 

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८६ प्रतिशत घट्यो ।