२०८१ बैशाख १६ , आइतवार

आइतबार पनि सुनको भाउ स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो दिन आज आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।

शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले आइतबार पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।