२०८१ बैशाख १६ , आइतवार

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान, के के छन् प्रावधान ?

Nepal-Telecommunications-Authority-NTA

सुनाखरी न्युज/ काठमाडौँं।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले  आज एक सूचना प्रकाशित गर्दैआवेदन माग गरेको हो ।

३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म रितपूर्वक आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएसँगै यो पद खाली रहेको थियो ।