२०८१ बैशाख २२ , शनिवार

बागमतीमा चिउरी र चमेरो संरक्षण कार्यक्रम

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको बैठकले चेपाङ समुदायको उत्थानका लागि उक्त कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका २०८० समेत स्वीकृत गरेको हो ।

यसैगरी, समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०’ र ‘बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति, २०८०’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

तीसँगै बैठकले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८०’ स्वीकृत गर्ने र सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्नेलगायत निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।  रासस