२०८१ बैशाख १७ , सोमवार

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले पुलिसलाई दियो १७२ रनको लक्ष्य

सुनाखरी न्युज/ काठमाडौं ।
राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा कर्णालीले प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको कर्णालीले प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै एक सय ७१ रनको योगफल बनायो ।

कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ५० रन बनाए । उनले एक सय सात बल खेल्दै ६ चौका प्रहार गरे । कप्तान रवीन्द्र शाहीले ३५ बलमा आठ चौका र एक छक्काको मद्दतमा ४० रन बनाए भने अर्जुन घर्तीले २३ रन बनाए भने दिवान पुनले २० रन जोडे ।

पुलिसका लागि सागर ढकालले तीन विकेट लिँदा ललित भण्डारीले दुई तथा दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले समान एक÷एक विकेट लिए ।  रासस