
सुनाखरी न्युज/ काठमाडौं ।
एनआई सी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले ११ गते बिहीबार गण्डकी प्रदेश अन्तर्गतका २७ शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको जनाए ।उक्त कार्यक्रममा बोल्दै संस्थाका संचालक समिती का अध्यक्ष सुवर्ण ढकाल ज्यू ले कर्मचारीहरुले सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यलाई जिम्मेवारीपूर्ण निभाई अघि बढ्न उत्प्रेरित गर्नुभयो ।
मिति २०८० माघ ११ गते बिहीबार गण्डकी प्रदेश मा सम्पन्न कार्यक्रममा संस्थाका संचालक समिती का अध्यक्ष सुवर्ण ढकाल ज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुखकार्यकारी अधिकृत लक्ष्मण चालिसे ज्यू, गण्डकी प्रदेशका ओभरसाइट अफिसर अनितजंग पाण्डे ज्यू, गण्डकी प्रदेशका प्रदेश प्रमुख, उपप्रदेश प्रमुख तथा सर्पोट अफिसर लगायत २७ शाखाका शाखा प्रबन्धकहरुको उपस्थिती रहेको बताए ।उक्त कार्यक्रम ल्यान्डमार्क होटेल पोखरामा बिहीबार सम्पन्न गरिएको थियो।