२०८१ बैशाख २४ , सोमवार

“ ईमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका संचालक समितिका कोषाध्यक्ष पक्राउ ”

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सरिता तिमल्सेना (कँडेल) समेतको संयुक्त जाहेरीले वादी नेपाल सरकार प्रतिवादीहरु ईमेज वचत तथा ऋण सहकारी संस्था लि. बागलुङका संचालक समितिका अध्यक्ष वर्ष ५१ को देव कुमार नेपाली समेत ८ जना भएको सहकारी ऐन

२०७४, अन्तर्गतको कसुरमा प्रतिवादीहरुलाई पक्राउ गर्नको लागी सम्मानित बागलुङ जिल्ला अदालतबाट मिति २०८०/०२/२४ गतेको पक्राउ अनुमती बमोजिम ईमेज वचत तथा ऋण सहकारी संस्था लि. का संचालक समितिका अध्यक्ष देव कुमार नेपाली समेत ८ जना प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा प्रतिवादी मध्येकी ईमेज वचत तथा

ऋण सहकारी संस्था लि. का संचालक समितिका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. ३, स्थित धोबिघाटबाट मिति ३०८०/१०/११ गते पक्राउ गरी अनुसन्धान पश्चात निज प्रतिवादीलाई

थप अनुसन्धानको लागी मिति २०८०/१०/१२ गते जिल्ला प्रहरी बागलुङ बुझाईएको जनाए ।

पक्राउ व्यक्तिको विवरण:
नाम थर                  : लक्ष्मी सेन सुनार
उमेर                        :   ७ बर्ष (२०४६/१२/२७ गते)
ठेगाना                     : जिल्ला बागलुङ निसीखोला गाँउपालिका वडा नं. ३ बस्ने
पक्राउ मिति/स्थान : (२०८०/१०/११ गते) जिल्ला ललितपुर म.न.पा. वडा नं. ३ स्थित धोबिघाट बाट