२०८१ बैशाख १७ , सोमवार

सुन–चाँदीको मूल्य स्थिर

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
आज शुक्रबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्य कायम गरिएको छ।

आज तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको जनाए ।

बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।