२०८३ जेठ १३ , बुधवार

सिटिजन्स बैंकद्वारा लमजुङमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवा श्रमलाई सहयोग प्रदान गरेको छ।

ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवा श्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धा श्रम संचालन भइरहेको जनाए ।

यसका साथै बैंकले श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन् ।यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले जनाएको छ ।

विद्यालय र सेवा श्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । समारोह लाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिक र बालबालिका समाजका एक अभिन्न अंग भएका र उनीहरुलाई सहयोग प्रदान गर्न पाँउदा धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्म साथ गरेको कुरा व्यक्त गर्नुभयो ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ०७ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।