२०८१ जेठ ५ , शनिवार

राष्ट्रिय सभा निर्वाचनमा अधिकांस स्थानमा सत्तागठबन्धनका उम्मेदवार बिजियी

Samsad-rastriya-sabha-griha-1024×542

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय सभा निर्वाचनमा अधिकांस स्थानमा सत्तागठबन्धनका उम्मेदवार बिजियी भएका छन् । यो निर्वाचन सँगै नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए ।

माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १-१ जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो ।

 

यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।