२०८१ बैशाख १७ , सोमवार

प्रतिताेला चार सय रूपैयाँ घट्याे सुन्को भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

आज बिहीबार सुनकाे मूल्य घटेकाे छ। लगातार चार दिनसम्म स्थिर रहेकाे सुनको मूल्य आज घटेकाे हाे।आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबारसम्म छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको थियाे।

आज बिहीबार तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

आज चाँदी भने प्रतितोला २० रूपैयाँ बढेको महासंघले जनाए।