२०८१ जेठ ५ , शनिवार

रुसी विमान युक्रेनको सीमा नजिक खस्दा ७४ जनाको मृत्यु

Russia-Plane-Crash

सुनाखरी न्युज/ काठमाडौं ।

एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा विमानमा सवार चालक दलका ६ सदस्यसहित सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए ।

 

उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ ।