२०८१ बैशाख १५ , शनिवार

‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान२०८०’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
तारा देवी स्मृति फाउन्डेसनले १८ औँ पुण्य स्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान’कार्यक्रको आयोजना गरेको छ।काठमाडौँ महानगरपालिकाको सहकार्यमा,टोखा नगरपालिका,बुढानिलकण्ठ नगरपालिका लगायतको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा तारा देवीको सम्झनामा डेढ दर्जन भन्दा बढी वाद्यवादक समूहको सहायतामा, एक दर्जन भन्दा बढी गायक गायिकाले तारा देवीद्वारा स्वर बद्ध गरिएको गीत गाएका थिए।कार्यक्रमको सुरुवात ‘मुस्कानका लहरहरु’ रत्न समशेर थापाको रचना तथा संगीत नाति काजी र शिव शंकर रहेको गायक सन्जिव आले मगर तथा गीता पाण्डेको प्रस्तुति सुरुवाती बाट नै कार्यक्रम स्थल तारा देवीमय बनेको थियो।प्रस्तुतिकै क्रममा निशा देसारले विश्व बल्लभको शब्द तथा नाति काजीको संगीत रहेको ‘शुभकामना ’ प्रस्तुत गर्दा माहोल मन्त्रमुग्ध बनाईन।

कार्यक्रमा गायिकाहरु निशा देसार,गीता पाण्डे,जीना रसाईली,त्रितिया गुरुङ,बबिना भट्टराईदेखि शुधा शेर्पा,प्रस्तुति खनाल,अन्जुली हमाल,अग्रिमा रिजालसम्मका कलाकारहरुले सुमधुर गीत पस्केका थिए।गायिका शर्मीला लामाले धर्मराज थापाको शब्द तथा नाति काजीको संगीतमा रहेको तारा देवीको ‘काली पारे दाइक ति राम्रो‘ गीत गाइन्।
कार्यक्रममा ६ वटा युगल प्रस्तुति गरिएको थियो।जसमा सम्मानित संगीतकार दिपक जंगम तथा तारा देवीको स्वराङ्क्न,रचना किरण खरेल,संगीत दिपक जंगम “उनले अङगालो हालेर” गायक अजर जंगम तथा गायिका जीना रसाईलीले् प्रस्तुत गरे।

यस्तै किरण खरेलको शब्द तथा अम्बर गुरुङको संगीत रहेको अनिल सुनाम तथा बबिना भट्टराईले तिम्रो नाम “अझै छ ओठमा” बोलको गीत सुमधु रगाए।नगेन्द्र थापाको शब्द तथा गोपाल योन्जनको संगीत तथा गायिका तारा थापा रहेको “होमा झी दाइ तारी नदेऊ” झुमा निरौलाले न्याय गरेर सम्मानित गायिकाको अगाडी प्रस्तुती गरिन।
राष्ट्रक विमाधव प्रसाद घिमिरेको शब्द तथा नाति काजी श्रेष्ठको संगीत रहेको फुलको थुंगा गीतको गीति नृत्य अनुजा अधिकारी,अस्मिता ढकाल र सलिना मिश्रले प्रस्तुत गर्दा कार्यक्रमका अधिकांशको आँखा आशुले रसाए।

चांदनी शाहको शब्द तथा नाति काजी श्रेष्ठको संगीतरहेको “उकाली ओरालीहरुमा” अन्जना श्रेष्ठले प्रस्तुत गरिन।रत्न समशेर थापाको शब्द तथा शुभ बहादुर सुनामको संगीतरहेको “फुलैफुलको मौसम तिमीलाई “जीना रसाईलीले मिठास सहित गाईन।कुमार बस्नेतको सङकलन रहेको “कर्कलो गाभा” गीत गीता पाण्डेले प्रस्तुत गर्दा माहोल निकै तताइन्।

सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान शीर्षकको कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउने तीन अग्रज सष्टाहरु बिशिष्ठ गीतकार बिश्व बल्लभ,बिशिष्ठ संगीतकार दिपक जंगम र बिशिष्ठ गायिका तारा थापालाई जनही २५ हजार, ताम्र पत्र साथै दोषल्ला सहित फाऊण्डेशनका संरक्षक रवि श्रेष्ठ सहि तफाऊण्डेशनका पदाधिकारीहरुले हस्तारण गरे।तारादेवीका छोरा रवि श्रेष्ठको व्यक्तिगत पहलमा उक्त रकम प्रदान गरिएको हो।तारा देवीको गीत र सिर्जनाको संरक्षण गर्न र नेपाली सांगीतिक क्षेत्रमा बचाइराख्न २०७२ सालमा तारा देवी स्मृति फाऊण्डेशनको स्थापना भएको थियो।

कार्यक्रममा फाऊण्डेशनबाट सम्मानीत हुन पाऊं दागौर वान्वित महशुस भएको जानकारी गराउनुभयो।तारा देवीको सांगीतिक व्यक्तित्वको चर्चा गर्ने सम्मानीतहरुले उनले स्वर दिएका सबै गीतको उचित संरक्षण हुन नसकेको मा दुःख व्यक्त गरेका थिए।यसका साथै नेपाली सांगीतिक स्वर्ण युगलाई उचाइमा पुर्याउन तारा देवीको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए र फाऊण्डेशनबाट धेरै आश रहेको पनि जानकारी गराए।