२०८१ बैशाख १७ , सोमवार

सुनको मूल्यले आज पनि कायम गर्‍यो स्थिरता

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो। आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँ बढेको छ।