२०८३ जेठ १३ , बुधवार

फेडेरल र निर्मा बीच रणनितिक समझदारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (FRBL)र नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (NIRMA)बीच बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी २०८० साल माघ ०९ गते फेडेरलको कार्यालय काठमाण्डौंमा सम्पन्न भएको छ ।

सो सम्झौता पत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक सुवर्ण पौडेल तथा नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन को तर्फबाट अध्यक्ष डा. रविन्द्र घिमिरेले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका बताए । उक्त कार्यक्रममा दुवै संस्थाको उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको जनाए ।

फेडेरल पब्लिक लिमिटेडको रुपमादर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुन बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छाटो समयमै बेलायतबाट प्रतिष्ठीत गुणस्तर चिन्ह ISO 9001:2015
र Indian Chamber of Commerce बाट “Broker of the Year 2023 (Nepal)”को उपाधी हासिल गर्न समेत

सफल भएको छ भने अर्को तर्फ, बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धान कर्ताहरुको साझा मञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (NIRMA)को मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशन मार्फत बीमा उद्योगको प्रवर्द्धन गर्नु हो ।