२०८१ जेठ ४ , शुक्रवार

साल्ट ट्रेडिङ अव निजी घर बनाउने व्यवसायमा पनि, यस्ता अत्याधुनिक भवन उपलब्ध !

1

सुनाखरी न्युज/ काठमाडौं ।

दैनिक उपभोग्य वस्तु र रासायनिक मलको विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङले अब  निजी भवन निर्माणमा पनि हात हालेको छ । भूकम्प उच्च जोखिममा रहेको नेपालमा भौगोलिक अवस्था सुधाउँदो र जोखिम कम हुने घर निर्माणको प्रविधिसहितको नयाँ कम्पनी स्थापना गरी साल्ट ट्रेडिङले नयाँ व्यवसायमा हात हालेको हो ।

 

नेपालका दुर दराजका बस्तीहरुसम्म निर्माण सामग्री सहजै पुर्याउन सक्ने गरी नयाँ व्यवसाय सुरु गरिएको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिनुभयो ।

 

नेपालका दुर दराजका बस्तीहरुसम्म निर्माण सामग्री सहजै पुर्याउन सक्ने गरी नयाँ व्यवसाय सुरु गरिएको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिनुभयो ।

‘नेपाल भूकम्पीय उच्च जोखिममा रहेको देश हो । र, भौगोलिक रुपमा निर्माण सामग्री ओसार पसारको लागि पनि उत्तिकै खर्चिलो हुन्छ । यस्ता समस्या समाधान गरेर उचित मूल्यमा उपयुक्त घर तथा भवन निर्माणको लागि साल्ट ट्रेडिङले नयाँ कम्पनी फ्यूचर वर्कस विल्डिङ सोलुसन प्रालि स्थापना गरेर काम गरिरहेको छ,’ विभागीय प्रबन्धक झाले भन्नुभयो ।

सो कम्पनीको मूल ध्येय हलुका र भूकम्प प्रतिरोधी भवन निर्माण रहेको छ । यसको लागि कम्पनीले अमेरिकी कम्पनी फिनाकलसँग व्यवसायिक साझेदारी पनि गरेको छ । अत्याधुनिक भवन निर्माणको अनुभव भएको अमेरिकी कम्पनी फिनाकलसँगको साझेदारीले नयाँ भवन निर्माणमा सहयोग पुगेको झाले जानकारी दिनुभयो ।

इन्जिनियरहरुका अनुसार आरसिसी बनाउनको लागि आवश्यक पर्ने निर्माण सामग्री नै सो घरलाई भूकम्पीय जोखिममा पार्ने प्रमुख तत्व हो । आरसिसी घर निर्माणमा प्रयोग हुने सिमेन्ट, बालुवा, इटा, गिटी जस्ता निर्माण सामग्रीको तौलका कारण आरसिसी घर जोखिमयुक्त हुने विज्ञको भनाइ छ ।

‘हामीले बनाउने घरको निर्माण सामग्री निकै नै हलुका र अत्याधुनिक प्रविधियुक्त हुन्छ, त्यसैले भूकम्प प्रतिरोधी र ओसारपसार गर्न सजिलो हुन्छ,’ विभागीय प्रबन्धक झाको भनाइ छ ।

एक तले आरसिसी भवन बनाउन करिब ६० टन इटा, ३० टन सिमेन्ट, ८० टन बालुवा र करिब २० टन गिटी लाग्छ । यी निर्माण सामग्री घरको पर्खालमा प्रयोग हुने र भूकम्पको बेलामा पर्खालले सुरक्षाको साटो जोखिम मात्रै बढाउने भएकोले पनि यस्ता घरको विकल्प खोज्न विज्ञले सुझाउने गरेका छन् ।

यो कम्पनीसँग अमेरिकाको फिनाकल कम्पनी पनि जोडिएको छ । अर्थात अमेरिकाको सो कम्पनीको पनि सेयर छ फ्यूचर वर्कस विल्डिङ सोलुसनमा । त्यसैले विश्वमा प्रयोग भएको अत्याधुनिक प्रविधिको प्रयोग हुने झाले जानकारी दिनुभयो ।

 

 

कम्पनीले बनाउने भवनमा डिपिसीभन्दा माथि पानीको

प्रयोग करिब हुदैन । फाउन्डेसन बनिसकेपछि त्यसमा बोल्ट निकालेर स्टील स्टक्चर र बोर्ड प्रयोग गरेर घर बनाउने प्रविधि

हो यो । भारतको देहरादुनमा बनेका अग्लाअग्ला भवनहरु

यही प्रविधिमा बनेका बताइन्छ ।

 

कम्पनीले बनाउने भवनमा डिपिसीभन्दा माथि पानीको प्रयोग करिब हुदैन । फाउन्डेसन बनिसकेपछि त्यसमा बोल्ट निकालेर स्टील स्टक्चर र बोर्ड प्रयोग गरेर घर बनाउने प्रविधि हो यो । भारतको देहरादुनमा बनेका अग्लाअग्ला भवनहरु यही प्रविधिमा बनेका बताइन्छ ।

कम्पनी आफैले काठमाडौँको दहचोकमा यही प्रविधिको प्रयोग गरेर १० वटा आवाशीय घर बनाइसकेको छ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा आवाशीय घरहरु यही प्रविधिमा बनेका झाले  जानकारी दिनुभयो ।

देशका जुनसुकै भागमा गएर पनि बनाउन सकिने भएकोले यो प्रविधिलाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने देखिएको उनको भनाइ छ । सामान्यत एक ट्रकमा ३ वटा घरको निर्माण सामग्री बोकेर हिड्न सकिने झाले जानकारी दिनुभयो ।

यो प्रविधिको प्रयोग गरेर फ्यूचर वर्कस विल्डिङ सोलुसनलाई घर बनाउँदा दिदा कम्तिमा पनि १ दर्जन फाइदा हुने कम्पनीको दाबी छ । कम्पनीले ती फाइदाहरुलाई यसरी उल्लेख गरेको छ ।

 

यो प्रविधिको एउटा प्रमुख फाइदा घर बनाउनको लागि निर्माण सामग्री राख्ने ठाउँको समस्या नहुनु पनि हो । आरसिसी प्रविधिको घर बनाउनको लागि चाहिने सिमेन्ट, बालुवा, इटा जस्ता निर्माण सामग्री राख्न धेरै फराकिलो ठाउँ चाहिने भएपनि यो प्रविधिको घर बनाउन त्यस्तो धेरै ठाउँ चाहिदैन । यस्तै, यो प्रविधिको घर बनाउँदा कोठा पनि फराकिला हुन्छन् । किनभने आरसिसी घर बनाउँदा कम्तिमा ९ इन्चको पर्खाल लगाइन्छ । तर, यो प्रविधिको घरको पर्खाल ६ इन्चको मात्रै हुन्छ । सोही कारण कोठा पनि फराकिला हुन्छन् । एउटै क्षेत्रफलको जग्गामा आरसिसी घर बनाउँदा भन्दा कम्तिमा पनि २० प्रतिशत स्पेस बचत हुने कम्पनीको दाबी छ ।

 

यो प्रविधिको अर्को फाइदा भनेको घर चाढै बनाउन सकिने र खर्च कम लाग्ने हो । साढे २ तले आवाशीय घर ४५ दिनभित्रमा बनिसक्ने झा बताउँछन् । यस्तै, आरसिसी घरको तुलनामा यसको खर्च पनि कम हुने उनको भनाइ छ ।

बोकेर सार्न सकिने !

यो प्रविधिको अर्को राम्रो पक्ष भनेको एक ठाउँको घर बोकेर अर्को ठाउँमा सार्न सकिने हो । डिपिसीभन्दा माथिको भाग लाइट गेज स्टिल ९एनजिएस० र बोर्डबाट बन्ने भएकोले कुनै ठाउँमा बनेको घर फुकलफाकल पारेर अर्को ठाउँमा सार्न पनि सकिन्छ ।

तापक्रम मिलाउन मिल्ने

यो प्रविधिबाट घर बनाउँदा कोठाभित्रको तापक्रम मिलाउन मिल्ने कम्पनीले जानकारी दिएको छ । यस्तो साउन्ड प्रुफ पनि बनाउन सकिने कम्पनीको भनाइ छ ।

आगलागी जोखिम कम

उनजिएस प्रविधिका निर्माण सामग्री प्रयोग गरेर घर बनाउँदा आगलागीको जोखिम कम हुने बताइएको छ । यसमा प्रयोग भएका सामग्रीहरु अन्य प्रविधिका सामग्रीको तुलनामा आगलागीको जोखिम कम हुने कम्पनीको भनाइ छ ।

जस्तो नक्सा त्यस्तै घर

आरसिसी प्रविधिको घर बनाउँदा नक्सा जस्तो छ, ठ्याक्कै त्यस्तै घर नबन्न सक्छ । तर, यो प्रविधिमा भने स्टिलका फ्रेम प्रयोग हुने भएकोले जस्तो नक्सा छ त्यस्तै घर बनाउन सहज हुने कम्पनीको भनाइ छ । यस्तै, यो प्रविधिको प्रयोग गरेर बनाइने घरको डिजाइनमा पनि धेरै सुविधा भएको र विभिन्न प्रकारका डिजाइन निकालेर घर बनाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

५ जनाले बनाउँछन् ३ सातामै एउटा घर

साढे २ तलाको आरसिसी प्रविधिको घर बनाउन १० जनाले काम गरे भने ८ देखि ९ महिनासम्म समय लाग्छ । तर, त्यसको तुलनामा यो प्रविधिको घर बनाउन एकदमै छिटो हुने कम्पनीले जानकारी दिएको छ । विभागीय प्रबन्धक झाका अनुसार ५ जनाको टिमले साढे २ तले घर बढीमा ३ साताभित्रमा बनाइ सक्ने छ ।

यो प्रविधिबाट घर बनाउनको लागि प्रविधि र मेसिनी उपकरणको प्रयोग अधिक हुन्छ । सोही कारण घरका कुनाकाप्चाहरु मिलेको हुने निर्माण सामग्री खेर जाने सम्भावना कम हुने जस्ता फाइदा हुनाले दामी निर्माण हुने कम्पनीले जानकारी दिएको छ ।

व्यवस्थापन सहज

यो प्रविधिको अर्को महत्वपूर्ण फाइदा भनेको निर्माण परियोजना व्यवस्थापनमा सहजता नै हो । यसमा इटा, बालुवा, गिटी, सिमेन्ट जस्ता निर्माण सामग्री धेरै नचाहिने भएकोले निर्माण सामग्री व्यवस्थापनको समस्या हुँदैन । यस्तै, पूर्वनिर्धारित नक्सा बमोजिमको घर ठ्याक्कै बन्ने भएकोले पनि निर्माण परियोजना व्यवस्थापनमा सहजता हुने कम्पनीले जानकारी दिएको छ ।

फोहोर कम

यो प्रविधिको अर्को सकारात्मक पक्ष भनेको फोहोर कम हुनु हो । निर्माणका क्रममा निर्माण सामग्री खेर जाने मात्रा कम हुने भएकोले फोहोर कम हुने गर्छ । यस्तै, निर्माणका लागि धेरै परिमाणमा स्टिल प्रयोग हुन्छ । स्टिल सबैभन्दा बढी पुन प्रयोग हुने बस्तु पनि भएकोले यो प्रविधिको घर बनाउँदा फोहोर कम निस्कन्छ ।

भूकम्प प्रतिरोधी

यो प्रविधिको सबैभन्दा ठूलो महत्व भनेको नै भूकम्प प्रतिरोधी हो । यसमा प्रयोग हुने निर्माण सामग्री हलुगा र बढी लचकदार भएकोले भूकम्पीय जोखिम कम हुने विज्ञले बताएका छन् ।

कस्तो हुन्छन् घर ?

यो प्रविधिमा डिपिसीसम्म पुरानौ प्रविधिबाट बनाइन्छ । त्यसपछि नटबोल्ट राखेर लाइट गेज स्टिल ९एलजिएस० का फ्रेम राखेर घर बनाउने हो । स्टिलका सो फ्रेमभित्र विभिन्न प्रकारका बोर्ड राखेर पर्खाल बनाइन्छ ।

छानोमा अहिलेका नयाँ प्रविधियुक्त सामग्री राख्न वा ढलान पनि गर्न मिल्ने झा बताउँछन् । झ्याल र ढोका युपिभिसी वा काठका पनि राख्न सकिन्छ । आरसिसी घर बनाउँदा जसरी तलाको ढलान गर्न सकिन्छ, यो प्रविधिको घर पनि त्यसरी नै ढलान गर्दा पनि हुने र बोर्ड राख्न पनि सकिने बताइएको छ ।

स्थानीय सरकार आफैमा अधिकार सम्पन्न सरकार हो । आफ्नो भौगोलिक क्षेत्रभित्रका जनताको सुखदुखको साथी पनि स्थानीय सरकार नै हो ।

कुनै पनि नागरिकले घर बनाउनको लागि अनिवार्य रुपमा नक्सा पास गराउनु पर्छ । यसबाहेक हरेक कार्यका लागि स्थानीय सरकारसँग समन्वय भएको हुनुपर्छ । त्यसैले स्थानीय सरकारलाई जनताले देख्ने र भेट्ने सरकार पनि भनिन्छ ।

स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र भूकम्पीय जोखिम कम भएका प्रविधि प्रयोग गरेर घर बनाउन प्रोत्साहन गर्न सक्छन् । त्यसको लागि उनीहरुले आफ्नै भवन भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरेर तथा आम नागरिकलाई पनि सोही प्रकारको प्रविधि प्रयोग गर्न प्रोत्साहन गर्न सक्छन् । यस्तै, संघीय सरकारले पनि भूकम्पीय जोखिम कम हुने प्रविधि प्रयोग गरी घर निर्माणमा जोड दिनुपर्ने विभागीय प्रबन्धक झाको भनाइ छ ।