२०८१ बैशाख ३० , आइतवार

नेप्सेमा झिनो गिरावट, ५ दिनमा ७७ अंक घट्यो बजार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजारमा मंगलबार झिनो विन्दुको गिरावट आएको छ । आजसहित बजार लगातार पाचौं दिन घटेको हो ।  यस दिन नेप्से सूचक ०.४० विन्दुले घटेर २०९८.२९ अंकमा अडिएको छ ।

४ अर्ब २९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि सर्किट लेबसम्म बढेको छ । १३ मध्ये ६ समूहका सूचक सकारात्मक भएका छन् । यसबीचमा नेप्से सूचक ७६.८६ अंकले घटिसकेको छ । लगातार पाँचौं दिन पनि करेक्सनमा गएको छ । यसअघि बढेको बजारबाट नाफा बुक गर्नेहरु हावी हुँदा बजार घटेको हो ।

यस्तै, दोस्रो त्रैमासमा बैंक–वित्तीय संस्थाको सन्तोषजनक रिपोर्ट नआएकाले बजारमा आकर्षण कम देखिएको हो । यद्यपि, यसबीचमा लगातार नेप्से घट्दा कम्पनीहरुको मूल्य तल झरिसकेको छ । घटेको भाउमा पुनः लगानीकर्ताहरु आकर्षित हुँदै जाँदा बजारले पुनः गति लिन सक्ने अनुमान गरिएको छ ।