२०८१ जेठ ५ , शनिवार

द्वन्द्वका कारण गाजामा २५ हजार सर्वसाधारणको मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा २५ हजार भन्दा बढीको मृत्यु भएको बताएको छ ।

गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएच्ए) ले इजरायली आक्रमणका कारण ६२ हजार छ सय ८१ प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ । यी आक्रमणहरू इजरायलमा हमास नेतृत्वको आक्रमणको प्रतिक्रियामा थिए । जसको परिणामस्वरूप लगभग १ हजार २०० जनाको मृत्यु भएको छ भने करिव २ सय ५० जना बन्धक बनाइएका छन् ।

शुक्रबार गाजामा दुई जना इजरायली सैनिक मारिएको ओसिएएचएले जनाएको छ । यहाँ ग्राउन्ड अपरेसन शुरु भएदेखि कुल १ सय ९३ ल्यायो, र एक हजार दुई सय तीन सैनिकहरू घाइते भएको इजरायली सेनाले जनाएको छ ।
यो अवधिमा ३ सय ४३ प्यालेस्टिनीको मृत्यु भएको तथा ५ सय ७३ जना घाइते भएको संयुक्त राष्ट्रसंघीय सहायता समन्वय कार्यालयले जनाएको छ ।

आइतबार युगान्डाको राजधानी कम्पालामा ७७ देशहरूको समूह र चीनको शिखर सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वलाई एक टिन्डरबक्सका रूपमा वर्णन गर्नु भएको छ । यस क्षेत्रभरि द्वन्द्व रोक्न आवाश्यक सबै पहलकदमी लिन अपिल गर्नु भएको छ ।इजरायली र प्यालेस्टिनीहरूका लागि दुई–राज्य समाधानका लागि आफ्नो समर्थन दोहोर्याउँदै महासचिव गुटेरेसले इजरायलको सैन्य कारबाहीले व्यापक विनाश निम्त्याएको बताउनु भएको छ ।

तीन महिनाभन्दा बढी लामो समयदेखि जारी तीव्र बमबारीपछि गाजाका क्षेत्रमा मनावीय आवश्यकता प्रकाश पार्दै ओसिएइचएले गाजामा अहिले १५ वटामात्र बेकरीहरू सञ्चालनमा रहेको बताएको छ । तर राफाहमा छ वटा र देइर अल बालाहमा नौ वटा–र वादी गाजाको उत्तरमा कुनै पनि खुला छैन ।यी लगभग सबै कार्यरत बेकरीहरूले संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमबाट सहयोग खोहजाक छन् । जहाँ पिठो, नुन, खमीर र चिनी आदि खाद्य पदार्थ उपलब्ध छ ।
यस पहलको माध्यमबाट करिब दुई लाख ५० हजार मानिसहरूले अनुदान मूल्यमा खाने कुरा किन्न पाएका छन । ओसिएइचएले आइतबार आपतकालीन अवस्थाबारे आफ्नो पछिल्लो अपडेटमा उल्लेख गरेको छ ।

यसैबीच, प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी युएन आरडब्लुएले सोमबार दूरसञ्चार सेवा बन्द सातौँ दिनमा प्रवेश गरेको जनाएको छ ।आफ्नो सबैभन्दा पछिल्लो अपडेटमा, युएनआरडब्लुएले गाजाभित्र आन्तरिक विस्थापित व्यक्तिको संख्या १७ लाख पुगेको खुलासा गरेको छ । तीमध्ये एजेन्सीका सुविधाहरूमा शरण लिँदा कम्तीमा ३ सय ३५ जनाको मृत्यु भएको छ भने १ हजार १६१ जना घाइते भएका छन् ।

साथै अक्टोबर ७ देखि, युएनआरडब्लुएका १५१ जना कर्मचारी सदस्यहरू मारिएका छन् भने यसका १४१ वटा प्रतिष्ठानहरू क्षतिग्रस्त भएका छन् । सिन्ह्वा/ रासस