२०८३ जेठ १३ , बुधवार

वर्ल्डलिंककले ल्यायो “स्मार्ट कोम्बो डिल”

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ” स्मार्ट कम्बो डिल ” नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्ड को अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन कम्पनीले बताए ।

४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ ।यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध रहेको जनाए । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध रहेको छ ।

साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निःशुल्क पाउना सक्ने पनि कम्पनीले बताए ।यो अफर पाउनका लागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानु पर्नेछ । थप जानकारीका लागि ९८०१५२३०५२ मा कलगरी बुझ्न सकिने छवा वर्ल्डलिंकको अनलाईन सपोर्टबाट वा नजिकैको शाखा कार्यालयमा गएर बुझ्न सकिनेछ । यो अफर सिमित अबधिको लागि लागु हुने कम्पनीले जनाएको छ ।