२०८१ बैशाख २४ , सोमवार

एनआई सी एशिया लघुवित्त वित्तीय संस्था द्धारा लुम्बिनी र कर्णाली प्रदेशमा शाखा स्तरीय अर्धवार्षिक समिक्षा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एनआई सी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले ६ र ७ गते शनिबार आइतबार लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको बताए ।

मिति २०८० माघ ६ गते शनिबार लुम्बिनी प्रदेश (A) सिद्धार्थ कटेज बुटवल मा सम्पन्न कार्यक्रममा संस्थाका संचालक दिपक ढकाल ज्यू, लुम्बिनी प्रदेश(A) का ओभर साइट अफिसर राकेश श्रेष्ठ ज्यू, संस्थाका मानव संसाधन बिभाग प्रमुख सुजन ढकाल ज्यू को उपस्थिती रहेको थियो भने लुम्बिनी प्रदेश (B)मा संचालक समिती को तर्फ बाट अध्यक्ष सुवर्ण पौडेल ज्यू, संस्थाका संचालक विभोर कुमार अग्रवाल ज्यू, साथ साथै संस्थाका प्रमुखकार्यकारी अधिकृत लक्ष्मण चालिसे ज्यू, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपाने ज्यू, लुम्बिनी प्रदेश(B)का ओभरसाइट अफिसर उद्धव नेपाल ज्यू,को उपस्थितीमा सिद्धार्थ होटेल नेपालगंजमा शनिबार सम्पन्न गरिएको थियो ।

कर्णाली प्रदेशमा भने मिति २०८० माघ ७ गते आइतबार उक्त कार्यक्रम सुर्खेत को सिद्धार्थ होटेलमा संस्थाका संचालक समिती का अध्यक्ष सुवर्ण ढकाल ज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुखकार्यकारी अधिकृत लक्ष्मण चालिसे ज्यू, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपाने ज्यू,को उपस्थितीमा सम्पन्न भएको बताउनुभयो ।