२०८१ बैशाख २४ , सोमवार

अयोध्यामा बनाइएको राम मन्दिरको आज प्राणप्रतिष्ठा हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
भारतको अयोध्यामा बनाइएको राम मन्दिरको आज प्राण प्रतिष्ठा हुँदैछ । दिउँसो १२:२० बजेदेखि सुरु हुने भव्य अनुष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी रहेका छन् ।

प्राणप्रतिष्ठा सम्पन्न भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंगलबारबाट राम मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने जनाएक छन ।

राम मन्दिरको प्राण प्रतिष्ठालाई भव्य बनाउन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुनै कसर बाँकी राखेका छैनन् । अयोध्याका सडक, सार्वजनिक स्थान लगायतलाई विशेगा रुपमा सजाइएको छ ।

प्राण प्रतिष्ठाको अवसरमा केन्द्रीय सरकारका कर्मचारीहरुलाई आज हाफ छुट्टीसमेत दिइएको जनाए ।