२०८१ बैशाख २२ , शनिवार

सुन-चाँदीको मूल्य स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मुल्य पनि स्थिर रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।