२०७६ फाल्गुन १७ , शनिवार

सिटिजन्स बैंकद्वारा पोखरामा सि.सि.टि.भी.जडान गर्न आर्थिक सहयोग प्रदान

Capture

सिटिजन्स बैंकद्वारा पोखरामा सि.सि.टि.भी.जडान गर्न आर्थिक सहयोग प्रदान

सुनाखरी न्युज/ काठमाडौं – सर्वसाधारण लाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सि.सि.टि.भी. जडान गर्न उपभोक्ता समितिलाई रू ७५,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमका बी चउक्त सहयोग रकम हस्तान्तरण गरियो। बैंक तथा वित्तीय संस्था, सुनचादीपसल र आर्थिक कारोबार हुने व्यबसायिहरुको सुरक्षाको हेतुले पोखरा महानगर पालिकाको पालीकाचोक देखि राष्ट्र बैंक चोक सम्म समितिले सि.सि.टि.भी जडान गर्ने योजना अगाडी सारेको छ।

 

यस कार्यले उक्त क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। सि.सि.टि.भी. जडान पछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरी लाई सहज हुने कुरा समितिले जनाएको छ। शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्नुका साथ साथै अपराध अनुसन्धानमा संलग्न नेपालप्र हरीका अधिकृत तथा जवानहरु लाई थप हौसला प्रदान गर्ने विश्वास बैंकले लिएको छ। अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु बाट करिव पाँच लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

ग्राहकवर्गहरु लाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तन लाई अंगिकार गर्दै यस बैंकले ग्राहक वर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमावित्तीय सेवा सुविधाउपभोग गर्न मिल्ने विभिन्न प्रविधि मैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ। अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजा सँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामानवा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक नगदफिर्ता हुने योजना सञ्चालनमा रहेको छ ।

Share this news: