२०७६ फाल्गुन १७ , शनिवार

आज दिउँसो २ बजे प्रधानमन्त्री ओलीले २ वर्षे कार्यकालको उपलब्धिहरुको सम्बोधन गर्ने

KP Oli#

आज दिउँसो २ बजे प्रधानमन्त्री ओलीले २ वर्षे कार्यकालको उपलब्धिहरुको सम्बोधन गर्ने

सुनाखरी न्युज / काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । सरकारका दुईवर्षे उपलव्धीका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शुक्रवार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्नका लागि प्रधानमन्त्रीले सभामुखसँग समय लिएका छन् ।

ओली नेतृत्वको सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण प्रधानमन्त्रीले आजै सम्बोधन गर्न लागेको योगीले जानाकारी दिए।

प्रतिनिधि सभाको बैठक फागुन ४ गते राख्ने तयारी थियो, प्रधानमन्त्रीले सम्बोधन गर्न समय माग गरेका कारण २ गतेका लागि बैठक राखिएको हो,’ सचिवालय स्रोतले सुनाखरीसँग भन्यो ।

ओली प्रधानमन्त्री निर्वाचित भएको शनिवार २ वर्ष पूरा हुँदैछ । प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन प्रतिपक्षी दलका नेता संसदमा उपस्थित हुने संसदीय परम्परा छ ।

Share this news: