२०७६ फाल्गुन १७ , शनिवार

रेडमी के २० प्रो को साथ भ्यालेन्टाइन दिवसमा प्रेम व्यक्त गर्नुहोस्

Redmi K20 Pro offer (1)

रेडमी के २० प्रो को साथ भ्यालेन्टाइन दिवसमा प्रेम व्यक्त गर्नुहोस्

सुनाखरी न्युज /
काठमाडौं –

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आउदै गरेको भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के२० प्रो मा रु ३००० को भारी छुटको घोषणा गरेको छ जसलाई अब रु ४६,९९९ मा खरिद गर्न सकिन्छ ।
शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेछ । उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको छ र खासगरी प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुनेछ । हाम्रो भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन रु ४९,९९९ मूल्यको रेडमी के २० प्रो अब रु ४६,९९९ मा ८ जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुनेछ ।

 

यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कम मा उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्नेछन् । सौरभ कोठारी, कन्ट्री जनरल म्यानेजर–नेपाल, शाओमीले भन्नुभयो, “शाओमीले एमआई फ्यानहरुबाट धेरै माया पाएको छ र हामी यो भ्यालेन्टाइन दिवसमा केहि माया उनीहरुलाई फिर्ता गर्न पाउँदा निकै उत्साहित छौं । नेपालमा सार्वजनिक भएदेखि नै रेडमी के२० प्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन बनेको छ जसले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ । हामी रेडमी के२० प्रो को खरिदमा नेपालका सम्पूर्ण एमआई फ्यानहरुलाई विशेष अफर प्रदान गर्न पाउँदा खुशी छौं र उनीहरुलाई भ्यालेन्टाइन दिवसको हार्दिक शुभकामना प्रदान गर्दछौं ।”

Share this news: