२०८१ बैशाख २२ , शनिवार

यू-१९ विश्वकप क्रिकेटः नेपालले पहिलो ओभरमै गुमायो विकेट

Dev-khanal-newzeland-vs-nepal-1024×624

सुनाखरी न्युज/ काठमाडौं ।

आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ । तीव्र गतिका बलर मासन क्लार्कको तेस्रो बलमा प्वाइन्टमा सट खेल्ने धुनमा ओपनर दीपक बोहरा गल्लीमा ज्याक कमिङबाट शून्यमा क्याच आउट हुन पुगे ।

 

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको छ । नेपालका अर्जुन कुमाल र आकाश त्रिपाठी क्रिजमा छन् ।

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।

 

न्युजिल्यान्डका स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनको इनिङ खेले ।

एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।