२०८१ बैशाख २२ , शनिवार

आइसिसी यू-१९ विश्वकप क्रिकेटमा: नेपालले न्युजिल्यान्डमाथि सफलत हात पार्दै

सुनाखरी न्युज/ काठमाडौं ।
आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका हुन् । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।

यसअघि नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे ।

उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए । न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।पावर प्ले सकिएपछि भने नेपालका दुई स्पिनरले ओपनरलाई आउट गर्दै खेलमा फर्किने सम्भावना देखिएका छन् ।