२०८१ बैशाख २२ , शनिवार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो।

आइतबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको बढेको छ।